Ads

२४३ किलोमिटर तय, फलदायी भएको ठहर


उदयपुर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा सञ्चालन भएको हात्तीमैत्री पदयात्रा उदयपुरको बेलसोत पुगेर सम्पन्न भएको छ । झापाको बाहुनडाँगीबाट फागुन ९ गते सुरु भएको पदयात्राको क्रममा मुख्यमन्त्री कार्की र प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीसहितको टोलीले ५ जिल्लामा २४३ किलोमिटर पैदलयात्रा गरेको थियो ।

यसक्रममा ५ जिल्लाका २४ स्थानीय तह, ५६ सामुदायिक र चार साझेदारी वनक्षेत्रमा टोली पुगेको थियो । दैनिक ४० किलोमिटर हाराहारी पैदलयात्रा गरेको टोलीले हात्तीबाट पीडित र सर्वसाधारणसँग प्रत्यक्ष अन्तरसंवाद गरी समस्याबारे जानकारी लिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यात्राको क्रममा आएको जानकारीका आधारमा हात्ती प्रभावित क्षेत्रको समस्या समाधान गर्न कार्ययोजना तय गरिने पर्यटन वन तथा वातावरण मन्त्रालय कोसी प्रदेशका सचिव विशाल घिमिरेले जानकारी दिए ।‌

कोशी प्रदेशका ५ जिल्लामा हात्तीले घरगोठ, खेतबारी तथा अन्नबाली विनाश गर्ने र मानवीय क्षति पुर्याउँदै आएको छ । समस्याहरुलाई उजागर गरी आगामी दिनमा मानव–हात्ती सहअस्तित्व निर्माण गरी समग्र विकास प्रकृयामा हात्तीमैत्री वातावण निर्माण गरी उच्चतम लाभ प्राप्ति गर्नेंतर्फ यस पदयात्रा लक्षित रहेको उप्रेतले बताएका छन् ।‌

हात्तीविज्ञ अशोक कुमार रामले हात्ती र पर्यावरण संरक्षणको लागि यात्राले सहयोग गर्ने बताए । संसारमै पहिलो पटक पर्यावरणमैत्री पदयात्रा भएको उनको दावी छ ।

Ads

सम्बन्धित पोष्टहरू