Ads

राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने माओवादीको निर्णय


काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले उम्मेदवारी दिने भएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उम्मेदवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

योसँगै सत्ता गठबन्धनकै घटकबाट एकभन्दा बढी उम्मेदवार हुनसक्ने देखिएको छ। यसअघि नै नेपाली कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी गरिसकेको छ।

यस्तोमा माओवादीले पनि उम्मेदवारी दिने निर्णय गरेको हो। माओवादीको स्थायी कमिटी बैठकमा मंगलबार अधिकांश नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका थिए।

Ads

सम्बन्धित पोष्टहरू