काठमाडाैँ । त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८४ रन बनाएको हो ।
नेदरल्यान्ड्सका लागि माइकल लेभिट्ले ५४ रन बनाए । यस्तै, सीब्राण्ड इङगेल्ब्रेच्टले ४९ र स्कट इडवार्डले ३३ रन बनाए ।
नेपालका लागि करण केसी र कुशल मल्लले एक/एक विकेट लिए । दुई जना भने रन आउट भएका थिए ।
मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्