Ads

२०८० फागुन १७ गते बिहिबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )बाहान चौपाय आदी प्राप्त होला । साथै, नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैँया पैसाको कारोबार हुने दिन छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला । गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कोहिसँग सामान्य वादविवाद पनि होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)घर परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने छ । कामहरु अधुरै रहनाले मनमा खिन्न होला । घर परिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ । दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुने छ । सामान्यतया दिन राम्रो छ । केहि नयाँ काम थाल्ने समय छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ । सोच्दै नसोचेको ठाँउबाट आर्थिक लाभ हुने समय छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )स्वास्थ्यमा समस्या आउला । साथै, उपचारका लागि खर्च हुनेछ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाइने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)जाँगरमा सुधार आउने छ । साथै, आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन् । प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्ने छन्, धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ । यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषि कर्म र व्यावसायिक काममा भने केहि चुनौतीको सामना गर्नुपर्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )सोचे आनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । परिवारबाट सोचे अनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ, काममा पनि मन नजान सक्छ । आटे गरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्ने दिन छ ।

Ads

सम्बन्धित पोष्टहरू