Ads

पालुङ फेदीगाउँ चिसापानी चल्ती सडकलाई ५ करोड ६८ लाख


मकवानपुर, मकवानपुरको थाहा नगरपालिका अन्तर्गत पर्ने थाहनाबजार पुल पालुङ फेदीगाउँ चिसापानी चल्ती सडकका लागि ५ करोड ६८ लाको स्रोत सुनिश्चितता भएको छ । थाहा नगरपालिकाको २, ३ र ७ नम्बर वडालाई जोड्ने उक्त सडकका लागि बहुवर्षे योजना अन्तर्गत अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेको हो । अर्थले चालु आथि¨क वर्षमा १ करोड ५० लाखको काम गर्नेसहितको ५ करोड ६८ लाखको स्रो सुनिश्चितता गरेको मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले जानकारी दिए ।

सो सडकका लागि आर्थिक वर्ष २०८०, ०८१ का लागि १ करोड ५० लाख, ०८१,०८२ का लागि २ करोड ५३ लाख र आर्थिक वर्ष २०८२,०८३ का लागि १ करोड ६५ लाको स्रोत सुनिश्चितता भएको सांसद बर्तौलाले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू