Ads

हामी पहिलो पार्टी बन्ने सम्भावना छ : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावबाट माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गरेका छन् । आइतबार प्रेस सेन्टर नेपालले गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो दाबी गरेका हुन्।

पार्टीको गण्डकी प्रदेश समितिको भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड पोखरा पुगेका पुगेका छन् ।

माओवादी ०६४ मा शान्ति सम्झौता गरेर आउँदा ठूला भनेका राजनीतिक दलले त ५ सिट आउँछ होला भनेको कुरा स्मरण गराउदै प्रचण्डले भने , ‘पहिला पनि हामीलाई खिसिटिउरी गरेका थिए । पाँच सिट आउला माओवादीको भन्थे । अहिले पनि केहिले त्यस्तै भन्छन् । तर ०७४ सम्म आइपुग्दा र अब निर्वाचनमा जाँदै गर्दा सबै स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातर्फ अघि बढेका छौँ ।’

शान्ति, लोकतन्त्र र परिवर्तनको सम्वाहक माओवादी नै हो भन्ने कुरा जनताले बुझ्दै गएको पनि प्रचण्डको भनाइ छ । उनले निर्वाचनको प्रक्रियामा सामेल हुन र तयारीमा लाग्न पनि नेता कार्यकर्तालाई बताए । प्रचण्डले गठबन्धन होला र चुनाव जितौँला भनेर बस्न नहुने भन्दै आफ्नै तागतमा चुनावमा होमिनुपर्ने पनि दोहोर्याए । प्रचण्डले स्थानीय सरकार बनाउने विषयमा विगतमा माओवादीकै सबैभन्दा धेरै जोडबल रहेर सफलता हासिल भएको पनि बताए ।

प्रचण्डले परिवर्तनलाई उल्ट्याउने प्रयासहरु अझै पनि भइरहेको भन्दै यसका लागि पनि पार्टी चुनावबाट बलियो शक्ति हुनु पर्ने बताए।

Ads

सम्बन्धित पोष्टहरू