Ads

विकासका कामले सिंहदरबार तात्नुपर्ने हो, शिथिल छः प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबार सिथिल हुन खोजेको महसुस भएको बताएका छन्।

बिहीबार प्रधानमन्त्री कार्यालयमा आयोजित नेपाल सरकारको अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले सिंहदरबारमा विकास निर्माण प्रशासनको हिसाबले तात्नुपर्नेमा नभइरहेको दाबी गरेका हुन्।

आफूले कार्यकाल एक वर्ष पुगेको अवसरमा सिंहदरबार केन्द्रित भएर संकल्प गरेको भएपनि २ महिनामा नै कताकता शिथिलता भइरहेको उल्लेख गरे।

‘अहिले हाम्रो सबैभन्दा ठूलो चुनौति भनेकै समयमै निर्णय नगर्ने र सकेसम्म निर्णय पन्छाउन खोज्ने प्रवृति। र अन्तर निकाय समन्वय गर्नुपर्ने विषयमा तत्परता देखा नपर्नु। प्रचलित ऐन, नियम, परिधिभित्र निर्णय गर्न कसैले हिच्किचाउँनु हुँदैन, हिच्किचाउँनु पर्दैन पनि यो आत्मविश्वास कसरी बढाउने भन्ने चुनौती भएको छ।’

उनले यो स्थिति जटिल परिस्थितिको संकेत भएको बताए। राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच पनि एकअर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिएको बताए। उनले। प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महसुस गर्‍यो भने त्यसको प्रभाव राजनीतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्ने बताए। उनले अहिले एकअर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती रहेको बताए।
प्रधानमन्त्री दाहालले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएको महसुस आफूले गरेको बताए।

उनले कामकाजलाई नयाँ गति दिन गरिएको संकल्प पनि दुई महिना नबित्दै शिथिल भएको बताए।

Ads

सम्बन्धित पोष्टहरू