Ads

मिटरब्याज पीडितको भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी जुलुस


काठमाडौँ । मिटरब्याज पीडितहरूले बिहीबार राजधानीमा सिट्ठी जुलुस निकालेका छन् ।

भृकुटीमण्डपदेखि बालुवाटारसम्म मिटरब्याजपीडितले सिटी बजाउँदै जुलुस निकालेका हुन्। तीनपटकसम्मको वार्ता निष्कर्षविहीन भएको र आफूहरूको मागप्रति सरकारले नजरअन्दाज गरेको पीडितहरूले बताएका छन्।

‘मिटरब्याज विरुद्ध न्याय मार्च’ गर्दै हिँडेरै काठमाडौँ आइपुगेको पीडितहरुको विभिन्न ६ बुँदे माग अघि सारेका छन् ।

उनीहरूको माग सम्बोधनको प्रयासस्वरुप सरकारसँग वार्ता भएपनि सहमति जुट्न सकेको छैन। माग पूरा नभए पनि पीडितहरूले आन्दोलन जारी राखेका छन् । मिटरब्याज पीडितले भृकुटीमण्डपलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू