Ads

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लवनिकट विद्यार्थी संगठनको प्रदर्शन


काठमाडौँ । नेत्रविक्रम चन्द विप्लवनिकटको विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारीले आज(आइतबार) टेकुस्थित आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेको हो ।

पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएर उपभोक्तालाई मर्कामा पारेको बताउँदै तत्काल मूल्यवृद्धि फिर्ताको माग राख्दै विरोध प्रदर्शनमार्फत सरकारलाई दबाब दिएको बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू