Ads

अध्यक्ष सहित २० जना बाहिरिदै, एमालेको स्वागत र विदाई


काठमाडौँ–राष्ट्रियसभाका २० जना सदस्यहरूको पदावधि आज सकिँदै छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रियसभा २० जना सदस्यहरूको पदावधि आज सकिन लागेको हो । सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । यसै क्रममा  आफ्नो ६ वर्षे कार्यकाल पूरा गरि विदा हुन लागेका राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरुलाई नेकपा एमालेले विदाई गरेको छ ।

शनिबार काठमाडौ स्थित कालुपाण्डे समाधीस्थल, दहचोकमा आयोजीत कार्यक्रममा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, राष्ट्रपतिबाट मनोनित सदस्य डा. विमला राई पौडेल सहित एमालेका तर्फबाट निर्वाचित सदस्यहरुको विदाई गरिएको हो । यस्तै सोहि कार्यक्रममा राष्ट्रियसभाको गत निर्वाचनमा कोशी प्रदेशबाट निर्वाचित रुक्मिणी कोईरालालाई स्वागत समेत गरिएको एमालेले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष तिमल्सिना, मनोनित सदस्य राई सहित एमालेका तर्फबाट निर्वाचित भएका राष्ट्रिय सभाका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, सदस्यहरु कुमार दशौंदी, रामचन्द्र राई, नरपति लुहार, ईन्दू कडरीया, ईन्दिरा गौतम, दिपा गुरुङ्, दिलकुमारी रावल थापा पार्वती सहित निवर्तमान दलका नेता खिमलाल भट्टराईलाई मायाँको चिनो सहित विदा गरिएको एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले कार्यकाल भरि स्वतन्त्र र सन्तुलित रुपमा कार्यसम्पादन गरेको भन्दै सदस्यहरुले प्रशंसा गरेका थिए । यस्तै अध्यक्ष तिमल्सिनाले राष्ट्रियसभाले कानून निर्माण, राष्ट्रिय सरोकार विषय लगायत क्षेत्रमा महत्वपूर्ण काम गरेको बताएका थिए ।

को को विदा हुँदै ?

राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न भएको गोला प्रथामा छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि सकिएको हो । पदावधि सकिनेमा एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा ९पार्वती०, नरपति लुवार र रामचन्द्र राई छन् । यस्तै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि आजैदेखि पदावधि सकिँदै छ ।

यस्तै, नेपाली कांग्रेसको तर्फबाट राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि सकिँदै छ । माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिलाकुमारी यादव रहनुभएको छ । स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि यही समयमा पदावधि सकिँदै छ ।

आजदेखि रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ । निर्वाचित सांसदहरूले भोलि शपथग्रहण हुनेछ । बाँकी रहेको एक पदमा राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गर्ने छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू