काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपत्रको रंग हरियो बनाएको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् ।
इलाममा एमालेको आमसभालाई सम्बोधन गदै ओलीले स्थानीय तहको निर्वाचनमा मतपत्र हरियो रंगको बनाउने आयोगको निर्णयको आलोचना गरेका छन् । उनले उम्मेदावारी मनोनयनका लागि दुई दिन समय दिइएकोमा पनि आयोगको आलोचना गरे ।
इलाममा आयोजित जनसभामा सम्बोधन गर्दै ओलीले कांग्रेसको चुनाव चिन्ह रुखसँग मतपत्रको रंग मिलाइदिएको आरोप लगाएका हुन् ।
उनले भने, ‘रुखसँग रंग मिलाइदिएर चुनाव चिन्ह दिने ? कांग्रेसको रुख हरियो पार्न हरियो रंग चाहियो ? दलहरूसँग किन परामर्श गरिएन ? किन कांग्रेसको अनुकूल हुने गरी निर्णय भयो ? सूर्य हरियो हुन्छ कहीँ ?’
ओलीले मनोनयन दर्ताका लागि दुई दिन दिने प्रचलन विश्वमा कतै नभएको बताए ।
उनले भने, ‘सधैँ निर्वाचन अयोगले मनोनयन दर्ताका लागि एक दिन समय दिइन्थ्यो। यसपालि दुई दिन किन चाहियो ? पाँच दलीय गठबन्धनमा एक दिनमा कुरा नमिल्न सक्छ भनेर हो ?’
पाँच दलको खटपट मिलाउने काम निर्वाचन आयोगले गर्न लागेको आरोप लगाए । उनले भने ‘मनोनयनका लागि दुई दिन दिएको कहिँकतै देख्नुभएको छ ? विश्वभरि एकै दिन दिइन्छ । पाँच दलीय खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’
प्रतिक्रिया दिनुहोस्