Ads

२०८० फागुन २१ गते सोमवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट विश्वासघात हुनसक्छ सचेत रहनुहोला ।

वृष ( इवाविवुवेवो )आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मिथुन ( काकिकुकेकोहा )बोलीको प्रभावकारिता बढ्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कर्कट ( हिहुहेहोडाडिडुडेडो आज शुभ कार्यको योग छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो भेटघाट र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

सिंह ( मामिमुमेमोटाटिटुटे )कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ, तर शुभ कार्यको योजना बन्नेछ ।

कन्या ( टोपापिपुपेपो )धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

तुला ( रारिरुरेरोतातितुते )हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । आफन्तसँगको सहकार्यले लाभ मिल्नेछ ।

वृश्चिक ( तोनानिनुनेनोयायियु )आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

धनु ( येयोभाभिभुधाफाढाभे )आज झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । नरमाइलो समाचार पनि सुनिएला ।

मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

कुम्भ ( गुगेगोसासिसुसेसोदा )आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । तपाईंलाई आफन्तले कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । धार्मिक कार्यको योग पनि छ ।

मीन ( दिदुदेदोचा, चि )लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

 

Ads

सम्बन्धित पोष्टहरू