Ads

प्रतिबन्धित क्रिप्टोकरेन्सीको विज्ञापनमा नायीका प्रियंका देखिएपछि सीआईबीले थाल्यो अनुसन्धान


काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नायिका प्रियंका कार्की क्रिप्टोकरेन्सीको अनुसन्धानमा लगानी रहेको भन्दै अनुसन्धान सुरु गरेको छ ।

क्रिप्टोकरेन्सीको एउटा विज्ञापनमा उनले पनि लगानी गरेको ‘स्वीकारोक्ति’ भेटिएपछि सीआईबीले उनीमाथि अनुसन्धान सुरु गरेको हो ।

सीआइबीली नायिका कार्कीसंग बयान लिएको छ । सीआइबी प्रमुख धिरजप्रताप सिंहले राज्यले प्रतिबन्ध लगाएको काममा कार्कीको संलग्नता देखिएकाले बोलाएर सोधपुछ गरिएको बताए।

राष्ट्र बैंकले क्रिप्टोकरेन्सीलाई प्रतिबन्धित लगाएको छ । प्रतिबन्ध लगाएको कुरामा लगानीका लागि प्रोत्साहित गर्ने तरिकाले विज्ञापनमा देखिएका प्रहरीले बताएको छ ।

सिंहका अनुसार ‘बिनान्स’ भन्ने किप्टोकरेन्सीको सामाजिक सञ्जालका पेजहरूमा राखिएको भिडियोमा प्रियंकाले ‘मैले पनि लगानी गरेको छु’ भन्दै बोलेको देखिएको छ ।
नायिका कार्कीले पनि अनुसन्धानमा सहयोग गर्न सिआइबी पुगेको बताइन् । आफू क्रिप्टोकरेन्सीमा संलग्न भने नरहेको कार्कीको भनाइ छ ।

 

Ads

सम्बन्धित पोष्टहरू