काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अधिकृत १२औं तहको प्रमुख विशेषज्ञ पदका बढुवा सिफारिस प्रक्रिया अघि बढाएको छ ।
आज(आइतबार) एक सूचना जारी गर्दै मन्त्रालयको बढुवा समितिको सचिवालयले १२औं तहमा बढुवा हुनका लागि योग्यता पुगेका कर्मचारीसँग व्यक्तिगत विवरण माग गरेको हो ।
बढुवाका लागि २०७८ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६(१) बमोजिमको सेवा अवधी पुरा गरेका एघारौं तहका अधिकृत कर्मचारीहरुले प्रतिस्पर्धा गर्न सक्नेछन्। त्यसका लागि मन्त्रालयको वेवसाइटमा रहेको बढुवा सम्वन्धी व्यक्तिगत विवरण फारम डाउनलोड गरी सो विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई १५ दिन भित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्