Ads

भागवण्डा मिलाउँदै सत्तागठवन्धन, धारणा बनाउँदै कांग्रेस


काठमाडौँ– मन्त्रालयको भागबन्डा गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन सोमबार चार सदस्यीय कार्यदल बनाइएको थियो ।

कार्यदलमा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।
कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने छ । त्यस आधारमा मन्त्रालयको भागबण्डा गरिने बताइएको छ ।

देउवाले बोलाए बैठक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । राजनीतिक समीकरण फेरिएपछिको परिस्थितिका विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो नयाँ सत्ता गठबन्धन बनाई तीन जना मन्त्री नियुक्त गरेपछि देउवाले पार्टीको पदाधिकारी बैठकमा दाहालबाट धोका भएको बताएका थिए ।

यद्यपि बदलिएको राजनीतिक परिस्थितिबारे पार्टीको आधिकारिक धारणा भने बाहिर आएको छैन । आजको बैठकमा परिवर्तित राजनीतिक घटनाक्रमबारे छलफल हुने र आधिकारिक धारणा सार्वजनिक गरिने बताइएको छ ।
बैठक आज दिउँसो ३ बजे पार्टी सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्नेछ ।

 

Ads

सम्बन्धित पोष्टहरू