Ads

कुशल मल्लले एकै ओभरमा लिए नेदरल्याण्ड्सको दुई विकेट


काठमाडाैँ । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजअन्तर्गत फाइनलमा नेपालले उपाधि जित्न दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले नवौं ओभरमा दुई विकेट गुमाएको छ।

नवौं ओभरमा नेपालका कुशल मल्लले म्याक्स ओ’डाउडलाई २२ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए। यससँगै नेपालले नेदरल्यान्ड्सको ८३ रनको पहिलो विकेटको साझेदारी तोड्न सफल भयो। यहि ओभरको पाँचौं ओभरमा कुशलले माइकल लेभिटलाई ५४ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए। नेदरल्यान्ड्सले त्यतिबेला ८.५ ओभरमा ८४ रन जोडेको थियो।

११औं ओभरमा आफ्नो दोस्रो स्पेलको बलिङ गरेका कुशलले सो ओभरमा दोस्रो बलदेखि लगातार तीन छक्का खाएका थिए। उनलाई विक्रमजित सिंहले छक्का हिर्काएका थिए। पाँचौ बलमा सिंहको प्रहार हावामा रहदा कुशल भुर्तेलले क्याच छाडेका थिए।

Ads

सम्बन्धित पोष्टहरू