Ads

भौतिक पूर्वाधार मन्त्रालयसहित एमालेबाट सरकारमा रघुवीरले नेतृत्व गर्ने


काठमाडाैँ । नेकपा एमालेले सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ।

सत्ता गठबन्धनमा मन्त्रालय संख्याको भागबन्डा टुंगिएलगत्तै एमाले शीर्ष नेताहरू बसेर मन्त्रीको नाम टुंगो लगाएका हुन्।

एमाले स्रोतका अुनसार रघुवीर महासेठले सरकारको नेतृत्व गर्नेछन्। उनलाई भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

त्यस्तै, दामोदर भण्डारी पनि मन्त्री बन्दैछन्। उनी यसअघि पनि छोटो समय प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री बनेका थिए। भण्डारीलाई उद्योग मन्त्रालय दिने तयारी छ।

स्रोतका अनुसार बलराम अधिकारी, भगवती चौधरी, ज्वालाकुमारी साह, राजेन्द्र राई, हरि उप्रेतीलाई पनि एमालेले मन्त्री बनाउँदैछ। उनीहरूको मन्त्रालय टुंगो लगाउन बाँकी छ।

अधिकारी र महासेठ बाहेक अरु सबै पुरानै मन्त्रीहरूलाई एमालेले दोहोर्‍याउन लागेको हो।
गत सोमबार भएको मन्त्रिमण्डल पुनर्गठनमा एमालेका पदम गिरी मन्त्री बनिसकेका छन्। उनलाई प्रधानमन्त्री प्रचण्डले विना विभागीय मन्त्री नियुक्त गरिएको थियो।

विषय विज्ञताका आधारमा मन्त्रालय टुंगो लगाउनेगरी अहिले शीर्ष नेताबीच छलफल चलिरहेको एमाले स्रोतले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू