काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ ।
सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १४ जना मन्त्री थप गरेका छन् ।
यसअघि उनको मन्त्रिपरिषद्मा तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएका थिए ।
बुधबार थप १४ जना मन्त्रीहरूले शपथ लिने भएका हुन् । प्रधानमन्त्री प्रचण्डले नयाँमन्त्री र पुरानामन्त्रीको कार्यविभाजनसहितको पत्र राष्ट्रपति भवन पठाइसकेका छन् ।
सत्ता गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपाले आआफ्नो पार्टीको भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई बुझाएका थिए । सोहीअनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भवनमा मन्त्रीहरूको सिफारिस पठाएका हुन् । अब राष्ट्रपतिले बुधबारै उनीहरूलाई शपथ गराउँद ैछन् ।
एमाले
रघुवीर महासेठ-उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार
पदम गिरी-कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती -रक्षा
भगवती चौधरी- महिला बालबालिका
राजेन्द्र राई- खानेपानी
दामोदर भण्डारी-उद्योग
ज्वालाकुमारी साह-कृषि
बलराम अधिकारी-भूमि व्यवस्था
माओवादी
नरायणकाजी श्रेष्ठ-उपप्रधानमन्त्री तथा परराष्ट्र
वर्षमान पुन- अर्थ
शक्ति बस्नेत-ऊर्जा
रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
हितबहादुर तामाङ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
रास्वपा
रवि लामिछाने-उपप्रधानमन्त्री तथा गृह
डीपी अर्याल-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
विराजभक्त श्रेष्ठ-युवा तथा खेलकुद मन्त्रालय
सुमना श्रेष्ठ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
प्रतिक्रिया दिनुहोस्