Ads

दुर्घटना हुँदा एक जनाको मृत्यु


 काठमाडौं । सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका-५ का ३० वर्षीय दिनेश काफ्ले रहेका छन् ।

कमलामाई नगरपालिका-३ सोलाभन्झ्याङ तुफान डाँडास्थित भित्र सडकमा बुधबार राति ११ बजे प्र२-०३-००१ त४११३ नम्बरको सिमेन्ट र रड बोकेको ट्याक्टर दुर्घटना भएको थियो । दुर्घटनामा चालक तीनपाटनका ‍गोपाल तोलाङगी र दिनेश काफ्लेको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएको थियो । उनीहरू मध्ये काफ्लेको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू