काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकारलाई जनताको पक्षमा काम गर्न शुभकामना दिएका छन् ।
बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले एमाले सहितको सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिए ।
‘यो सरकारले विकास सुशासन समृद्धि र सामाजिक न्यायलाई ध्यय बनाएर काम गर्नुपर्छ । यो सरकारलाई लुलो हुने छुट छैन । यो सरकारलाई कमजोर हुने असफल हुने छुट छैन,’ उनले भने ।
काम गर्दै जाँदा काँध गल्यो भनेर काँध फेर्ने छुट समेत सरकारलाई नरहेको उनले बताए । ‘यो सरकारले समग्र देशको पक्षमा काम गर्नुपर्छ । हिँड्दाहिँड्दै काँध गल्यो भने पनि काँध फेर्ने छुट यो सरकारलाई छैन । हिँड्दाहिँड्दै आफ्नै भारीले थिचिने त्यो वातावरण बनाउने अवस्था पनि यो सरकारलाई छैन । हिँड्दै हिँड्दै फतक्कै आफैँ गलेर कुहिने अवस्था पनि आउँदैन ।’
प्रतिक्रिया दिनुहोस्