जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ मा दुर्घटनामा परेर सिरहा जिल्ला अदालतका दुई न्यायाधिश घाइते भएका छन् ।
घाईते हुनेहरुमा न्यायाधिशद्धय ध्रुव प्रसाद उप्रेती र पुष्पराज थपलिया छन् । घाइते उप्रेतीको अवस्था गम्भीर छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी जीतेन्द्र बस्नेतका अनुसार जनकपुरमा उपचार सम्भव नभएपछि हेलिकप्टर चाटर्ड गरेर काठमाडौं लगिएकोछ । काठमाडौंको मेडिसिटी अस्पतालमा अहिले उपचार भइरहेको छ ।
काठमाडौंबाट सिरहा जाने क्रममा सरकारी बा. २ झ. ३९३२ नम्बरको सरकारी प्लेट भएको कार र ना १ ज ६५०७ नम्बरको वींगर ठोक्किर दुर्घटना भएको डिएसपी बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस्