काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।
प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ गते सत्ता समीकरण फेरिएकै दिन सहिद प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने भन्दै आफूलाई उपयोग गर्न खोज्नेलाई कुनै पनि बेला लात्ताले हान्ने बताएका थिए।
प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सचेतक लेखकले देशको प्रधानमन्त्रीका लागि यो शब्द शोभनीय नभएको बताए।
‘लात्ताले हान्ने ? कसले? प्रधानमन्त्रीले, कसलाई हान्ने ? किन हान्ने? कसरी हान्ने ? यो मेरो हो कि देशको दुर्भाग्य हो म त्यो देशको नागरिक र सांसद भएको छु, जसको प्रधानमन्त्रीले मलाई लात्ताले हान्ने कुरा सिकाउँदै हुनुहुन्छ। लेकले भने, ‘म प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु । यो विषयमा सम्माननीय प्रधानमन्त्रीले जवाफ दिनु होला कांग्रेसलाई जवाफ चाहिएको छ।’
प्रतिक्रिया दिनुहोस्