काठमाडाैँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ सँग भेट गरेका छन्।
नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ सँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट पारेका छन्।
‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो’, उनले भने, ‘यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उनले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता जनाए।
श्रीवास्तवले नेपाल-भारतबीच सम्बन्ध मौलिक रहेको चर्चा गरे। उनले सम्बन्ध विगतमा जस्तै असल रहने प्रतिबद्धता जनाउँदै आपसी विश्वासका साथ सहयोग र लगानीका निरन्तर काम गर्ने पनि बताए।
प्रतिक्रिया दिनुहोस्