Ads

कति सम्भव छ बंगलादेश दुध निर्यात ?


विराटनगर । कोशी प्रदेशबाट तेश्रो देश दुध निर्यातको प्रयास थालेका मुख्यमन्त्री केदार कार्की र बंगलादेशका राजदूत विच भेटवार्ता भएको छ ।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बंगलादेशका राजदुत सलाहुद्दीन नोमन चौधरीसँगको शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ र मासुजन्य उत्पादन बंगलादेश निर्यातका लागि सहजीकरणको पहल गर्न ध्यानाकर्षण गराएको बताइएको छ । राजदुत चौधरीले भने आफूले यस विषयमा पहल गर्ने जवाफ दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

कोशी प्रदेशमा उत्पादन हुने दुध अधिक हुँदा बेला बेला मिल्क होलि डेको सामना गर्नु परेको छ भने किसानले उचित मुल्य पनि नपाएको गुनासो गरेका छन् । यसको दिगो समाधानका लागि कोशी प्रदेशबाट नजिकै रहेको तेश्रो देश बंगलादेशमा दुध निर्यातको सम्भावनाको खोजी भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू