Ads

सिंहदरबारमा राजदूतहरुको ओहोरदोहोर बाक्लियो


काठमाडाैँ । सत्ता समीकरण बदल्न शक्ति राष्ट्रहरुको प्रत्यक्ष चासो र हस्तक्षप रहेको चर्चा चलिरहँदा काठमाडौंस्थित विभिन्न मुलुकका राजदूतहरु सिंहदरबारमा देखिन थालेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको सत्ता सहकार्य छाडेर नयाँ गठबन्धन बनाएसँगै भेटघाटमा अमेरिका, चीन र भारतका राजदूतहरुको सक्रियता बढेको छ । नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना दिन राजदूतहरुले भेटघाट गरेको बताइएको छ ।

शपथको भोलिपल्टै बिहीबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनलाई भेट्न नेपालका लागि चिनियाँ र भारतीय राजदूतहरु सिंहदरबार पुगेका थिए ।

आज अमेरिकी राजदूत डिन आर थम्पसनले दुबै मन्त्रीसँग छुट्टाछुट्टै भेट गरका हुन् । उपप्रधानमन्त्री श्रेष्ठलाई दिउँसो परराष्ट्र मन्त्रालयमा भेटेका राजदूत लगत्तै अर्थमन्त्री पुनसँग भेटवार्ताको निम्ति अर्थ मन्त्रालय पुगे ।

Ads

सम्बन्धित पोष्टहरू