Ads

स्रोत नखुलेको ११ लाख ५० हजार सहित चार जना पक्राउ


मकवानपुर — मकवानपुरमा स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक र एक जना सुनसरीको कोशी गाउँपालिका–४ बस्ने वर्ष ३२ का निजाम मियाँ रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

वीरगञ्जबाट नारायणघाटतर्फ गुडिरहेको भारतीय नम्बर प्लेटको कारको सिटमुनि लुकाइछिपाइ ल्याएको रकमसहित उनीहरु पक्राउ परेका हुन्। पक्राउ परेकाको साथबाट पाँच लाख ४९ हजार एक सय भारतीय रुपैयाँ र दुई लाख ५० हजार नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू