मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आर्थिक पक्ष सबल रहने तथा आश मारेको फल पुनः प्राप्त हुने योग छ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित होला । तर आजको दिन सवल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नुहोला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्ने तथा प्रयत्नले सार्थकता पाउने समय छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट अन्ततः लाभ नै पुग्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दौडधुप बढ्नेछ । आजको दिन कामधन्दा र व्यवसायको चापले गर्दा दाम्पत्य तथा प्रेम सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति होला । केही चुनौती पनि सामना गर्नुपर्ला । व्यापार–व्यवसायमा लाभ नै हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): परिणाममुखी काममा लगानीको समय छ । नचिताएको स्थानबाट धनागमन हुन सक्छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । सोख पूर्तिका लागि खर्च भने बढ्ने योग छ । दाम्पत्य सम्बन्धमा रमाउने तथा प्रेमको बन्धन कसिने बेला छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पराक्रम, उत्साह र आम्दानी बढ्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । नयाँ सवारीसाधन प्राप्तिको योग छ, प्रयत्न सार्थक रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कृषिकर्म र व्यावसायिक कर्ममा केही चुनौतीको सामना गर्नुपरे पनि सोचेजस्तै सफलता मिल्नेछ । इर्ष्या गर्नेहरूले काममा बाधा पैदाको प्रयत्न गर्ने योग रहेकोले आफ्ना योजनाहरू गोप्य राखेर अघि बढ्नु हितकर होला । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना रहेकोले सचेतना अपनाउनु हितकर होला । पठनपाठनसम्बन्धी कार्यमा राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक कर्ममा राम्रै फाइदा हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने समय छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पपुर्याउन सक्ने छैनन् । पहिलेको सम्झौताले भने अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): बन्दव्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै रहला तथापि समय त्यत्ति बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ला । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पुरानो गतिले काम बिग्रन सक्छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): परिवारमा पाहुनाको चाप बढ्न सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ ।
प्रतिक्रिया दिनुहोस्