Ads

सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण


काठमाडौँ, सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सम्पन्न भएको छ ।

तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण भएकारहुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न वसन्तपुर–ढुङ्गेसाँघु २२० केभी डबल प्रसारण लाइन बनाउन लागिएको हो । सोही प्रसारणलाइन अन्तर्गतको एक खण्ड तयार भएको हो । समुद्र सतहबाट तीन हजार मिटर उचाइसम्म भएर जाने वसन्तपुर–ढुङ्गेसाँघु २२० प्रसारण लाइनको लम्बाइ ३५ किलोमिटर छ । प्रसारण लाइनका लागि १२७ वटा टावरहरू निर्माण गरिएका छन् । वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइन अन्तर्गत नै वसन्तपुर सबस्टेसनमा छ वटा वे विस्तार भइरहेको छ । त्यसमध्ये तीन वटा वेका उपकरणहरू जडान र परीक्षण कार्य भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उक्त कार्य आगामी चैतको पहिलो हप्ताभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

वसन्तपुर–ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण सम्पन्न भएपछि ताप्लेजुङमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत् आयोजनाको विद्युत् प्रवाह सहज हुने भएको छ । प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेसन तयार भए पनि तर जलविद्युत् आयोजना निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउनुपर्ने अवस्था रहेको जानकारी दिए ।
मध्यतमोरलगायतका जलविद्युत् आयोजनाको विद्युत् उक्त लाइनमा जोडिएर इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका सहज हुने उनको भनाई छ ।

Ads

सम्बन्धित पोष्टहरू