काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली आज(सोमबार) थाइल्याण्ड प्रस्थान गरेको छ । मैत्रीपूर्ण खेलका लागि नेपाल थाइल्याण्ड प्रस्थान गरेको हो । थाईल्याण्डमा नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
जसअन्तर्गत पहिलो खेल नेपालले थाइल्याण्डसँग बिहीबार खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल थाइल्याण्डको क्लब चोनबरी एफसीसँग आइतबार खेल्ने छ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।
नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । समूह ‘ए’ मा नेपाल जोर्डन, इन्डोनेसिया र कुवेत रहेका छन् ।
एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।
नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्