Ads

२०८० फागुन ३० गते बुधबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ । अन्न प्राप्तीको पनि योग छ । केहि खर्च भएपनि दानपुण्य र भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने दिन छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । नचिताएको काममा पैसा भने खर्च हुने योग छ, सावधान रहनुहोला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )जग्गा जमिनको कारोबार गर्दा फाइदा हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । आज पढाइ लेखाइमा राम्रो हुनेछ, सोचेका काम सजिलैसँग पुरा गर्न सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । पारिवारिक जीवन सामान्य रहने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने समस्याको हल हुने छ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाइने योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )कुनै लाभदायक समाचार सुन्न पाइएला । साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । खर्च धेरै नै बढ्ने छ । सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)सवारी साधनबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् । धनको प्राप्ती होला । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ । आज तपाइले नसोचेको ठाँउबाट धन आर्जन गर्न सक्नु हुनेछ । साथीभाइले हरक्षण साथ दिनेछन् भने मातापिताको आर्शिवाद प्राप्त होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)सवारी साधन हाँक्दा सचेतना अपनाउनु होला । घरमा परपाहुना र अतिथिको आगमन हुन सक्छ । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)बाल बच्चाबाट सन्तोष प्राप्त हुनेछ । धार्मिक स्थल आदिको भ्रमण हुन सक्छ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ, स्वास्थ्यमा समस्या हुन सक्छ । नसोचेका समस्या देखिन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )सुखद समाचार सुन्न पाइनेछ । विविध लाभ पनि होला । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ । पढाइ लेखाइमा समय दिन नसकिएला । सवारी चलाउँदा सावधानी अपनाउनु होला ।

Ads

सम्बन्धित पोष्टहरू