Ads

सरकार र आरती साहका परिवारबीच ५ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता


काठमाडौँ । गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच पाँच बुँदे सहमति भएको छ ।साहको कर्तव्य ज्यानसम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरु कानुन बमोजिम अदालतमा पेश गर्ने गरी थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउनेसहितका ५ बुँदे सहमति भएको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै अनुसन्धान टोलीले मृतक आरती साहको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी घटनाको विषयमा थप अध्ययन गर्ने पनि सहमति भएको छ ।

सहमतिपत्रमा स्वर्गीय आरती साहका परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक, सहजीकरण गर्ने तथा साहका परिवारको तर्फबाट भइरहेको आन्दोलनका कार्यक्रमहरु फिर्ता लिने उल्लेख छ। पीडित परिवारले असार १ देखि नै आन्दोलन गरिरहेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू