Ads

प्रचण्डलाई विश्वप्रकाशको प्रश्न– धोका खाएकाहरू एक ठाउँमा उभिए तपाईको हालत के होला ?


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘धोका पाएकाहरू एक हौँ भनेर नारा लागे कहाँ पुग्नुहोला ?’ भनी प्रश्न गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको प्रस्तावमाथिको छलफलका क्रममा उनले पहिले धोका पाएको नेकपा (एमाले) र कांग्रेस मिले के होला भन्दै सोधेका हुन् ।

‘गतवर्ष विश्वासको मत लिदाँ एमालेले धोका पाएको थियो, अहिले कांग्रेसले पाएको छ । धोका खाएकाहरू एक ठाउँमा उभिए भने तपाईंको राजनेताको हावा के होला ? कुरा नचल्नेहरूको कुरा चल्यो भने यहाँको यात्रा कता होला ?’ शर्माले प्रश्न गरे । त्यसअघि बोलेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूप्रतिपक्षमा रहदा कांग्रेस सभापति शेरबहादुर देउवालाई कुरमागर्न प्रस्ताव गरेका थिए ।

ओलीले प्रस्ताव गर्दा संसदको कुर्सीबाट देउवाले सहमति जनाएको शर्माले बताए । ओलीको त्यही आशयलाई संकेत गर्दै शर्माले ‘कुरा नचल्नेहरूको कुरा चल्यो भने के होला भनेर प्रश्न गरेका हुन् ।
कांग्रेसले धोका दिएको भन्ने प्रचण्डको जवाफको प्रतिबाद गर्दै शर्माले भने, ‘माओवादी तेस्रो डिभिजन ल्याएर (३२ सीट) संसदमा आउदा पनि कांग्रेसको योगदान छ’ उनले भने ।

Ads

सम्बन्धित पोष्टहरू