Ads

प्रधानमन्त्रीको जीवनको यो अन्तिम गल्ती नबनोस् : राजेन्द्र लिङदेन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीति र दलका नेताप्रति जनताको विश्वासमा क्षयीकरण हुँदै गएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा उनले दलहरूका पछिल्ला गतिविधिले त्यसलाई मलजल गरिरहेको टिप्पणी गरे ।

“नेताका प्रति, राजनीतिप्रति जनताको विश्वासमा झन् क्षणीकरण भएको छ,” उनले भने, “यस्ता क्रियाकलापले त्यसलाई मलजल गर्छ ।”
उनले प्रधानमन्त्री प्रचण्डलाई भने, अघिल्लो पटक गठबन्धन फेर्दा मैले प्रधानमन्त्रीलाई तपाईँको जीवनको अन्तिम गल्ती पनि हुनसक्छ भनेको थिएँ। अहिले यहाँसम्म आएर नयाँ चाल चाल्नुभएको छ।

म फेरि पनि भन्छु प्रधानमन्त्रीको जीवनको अन्तिम गल्ती यो नहोस्। मानिसहरूको जीवनमा गल्ती हुन्छन्। गल्ती सच्याउने मौका पनि हुन्छ। तर, कहिलेकाहीँ यस्तो समय आउँछ गल्ती सच्याउँछु भन्दा मौका आउँदैन। त्यस्तो नहोस्।

Ads

सम्बन्धित पोष्टहरू