Ads

परिणाममुखी काम गर्न निर्देशन


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले परिणाममुखी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयद्वारा आज(सोमबार) आयोजित मातहतका निकायसँगको बजेटसम्बन्धी छलफलमा सचिव डा बैकुण्ठ अर्यालले जतिसक्दो पर्याप्त समय लिएर योजना बनाउँदै प्रतिफल आउने गरी काम गर्न निकायका प्रमुखलाई निर्देशन दिएका हुन् । “प्रस्ट योजना हुँदा हामीलाई पनि काम गर्न सजिलो हुन्छ, त्यसैले तपाईहरुले सबैभन्दा धेरै समय योजना तयारीमै लगाउनुहोस्, योजना बनाउँदा समस्याको पहिचान गर्नुहोस्, अनि मात्रै कार्यक्रम अगाडि बढाउन सजिलो हुन्छ”, सचिव अर्यालले भने ।

बेरुजुसम्बन्धी विषयमा ध्यान दिनुपर्नेमा जोड दिँदै उनले आगामी आव २०७९÷८० को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयलाई सेवा प्रवाहमा उपलब्धि हुने गरी सिर्जनात्मक सोचसहित प्रस्तुत गर्न अनुरोध गरेका छन् । कार्यक्रममा विभागीय प्रमुखले चालु आर्थिक वर्षमा भइरहेको कामको प्रगति विवरण र आगामी योजनाका बारेमा सो अवसरमा आ–आफनो प्रस्तुति राखेका थिए । -रासस

Ads

सम्बन्धित पोष्टहरू