Ads

मापदण्ड विपरीत उत्खनन् गर्नेलाई जरिवाना


विराटनगर । मापदण्ड विपरित खोला उत्खनन गर्ने ठेकेदार कम्पनीलाई मोरङको कटहरी गाउँपालिकाले जरिवना गरेको छ ।  गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले मापदण्ड विपरीत खोला उत्खनन गर्ने विराटनगर ६ स्थित श्री आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिलाई १ लाख रुपैयाँ जरिवना गरिएको हो ।

कटहरी गाउँपालिका–६ चतारी घाट र सतार बस्तीका सयौं घरपरिवारलाई असर पुग्ने गरी लोहन्द्रा खोलामा गरिएको अवैध उत्खनन पुर्नुपर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए । ‘मापदण्ड विपरीत उपकरणहरु खोलामा पसाएर गरिएको उत्खननले थुप्रै खाडलहरु बनेकोले त्यो खाडल पुर्नुपर्ने र १ लाख रुपैयाँ जरिवाना बुझाएपछि मात्रै बरामद ट्याक्टर र उत्खननमा प्रयोग भएको उपकरण दिने हो,’ उनले भने ।

फागुन २३ गते आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिले मापदण्ड विपरित उपकरणहरु प्रयोग गरी खोला उत्खनन गर्दै गरेको अवस्थामा गाउँपालिकाले ट्याक्टरसहित उत्खननमा प्रयोग भएको उपकरण बरामद गरेको थियो । दैनिक अवैध उत्खननले कटहरीको चतारी घाट र सतार बस्तीका दुई सय सय बढी घरिपरिवार उच्च जोखिममा छन् । कटहरी गाउँपालिकाका अध्यक्ष देबराज चौधरीको नेतृत्वमा प्राविधिकसहित स्थलगत निरीक्षणको क्रममा ठेकेदार कम्पनीले १० देखि १५ फिट गहिरो उत्खनन गरेको पाइएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू