Ads

अर्थमन्त्री वर्षमान पुन र स्वीस राजदूत मेउलीबीच शिष्टाचार भेटवार्ता


काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि स्वीस राजदूत डेनिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

आगामी वैशाखमा हुने लगानी सम्मेलन सफल पार्न स्वीटरजरल्याण्डका तर्फबाट सबै प्रकारको सहयोग रहने उक्त भेटमा राजदूत मेउलीले बताएकी छिन् । दूतावासले नेपालको लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेको र स्वीट्जरल्याण्डको निजी क्षेत्र नेपालमा लगानी भित्र्याउन इच्छुक रहेको जानकारी दिएकी छिन् ।

नेपालमा क्रमशः लगानीको वातावरण बन्दै गएकाले हामीले हाम्रा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई नेपालमा लगानी ल्याउन भनेका छौं’, उनले भनिन्, लगानी सम्मेलनमा स्वीट्जरल्याण्डका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहने जानकारी गराउन चाहन्छु ।

उनका अनुसार लगानी सम्मेलन अगाडि नै सकिने सम्भाव्य लगानीका क्षेत्र पहिल्याउन आगामी साता स्वीट्जरल्याण्डबाट ‘वित्तीय विकासका लागि संयुक्त मिसन’ नेपाल आउँदैछ । मिसन टोलीले सरकारी अधिकारीहरूका साथै नेपालको निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने तय भएको छ । आगामी २३ अगष्टमा स्वीस ग्लोबल इन्टर प्राइजेजका तर्फबाट पनि प्रतिनिधि मण्डल नेपाल आउने तयारीमा रहेको जानकारी राजदूत डेनिएलले दिएकी छिन् ।

मेउलीले आफूहरुसँग विमानस्थल व्यवस्थापनसम्बन्धी राम्रो अनुभव भएकाले नेपालका विमानस्थल व्यवस्थापनमा चासो रहेको समेत बताएकी छिन् । उनले ट्रेल बेस टुरिज्म र कोशी प्रदेशका पालिकाहरुमा राजश्व परिचालनसम्बन्धी पाइपलाइनमा रहेका स्वीस परियोजनाका काम मन्त्रालयका तर्फबाट छिटो अघि बढाउन मन्त्री पुनलाई आग्रह गरिन् ।

मन्त्री पुनले स्वीटजरल्याण्ड नेपालको पुरानो मध्येको एक महत्वपूर्ण विकास साझेदार रहेको तथा द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको चर्चा गका छन्रे । आगामी दिनमा समेत सम्बन्ध थप राम्रो हुँदै जाने विश्वास उनको थियो । मन्त्री पुनले पर्वतीय पर्यटन, ऊर्जा तथा प्रविधिका क्षेत्रमा लगानी गर्नका लागि स्वीट्जरल्याण्डका लगानीकर्तालाई आग्रह गरिदिन पुनले मेउली समक्ष भनाइ राखेका छन् ।

पुनले लगानी सम्मेलनमा उल्लेख्य सहभागिता जनाउने प्रतिबद्धताका लागि धन्यवाद दिँदै त्यसअघि नै लगानीको वातावरण बनाउने गरी संसदबाट कानून संशोधनको काम गर्न चाहेको जानकारी दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू