Ads

इपिएस प्रणालीमार्फत कोरिया जाने श्रमिकको कोटा थपियाे


काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने नेपाली श्रमिकको यसअघि तोकेको कोटामा थप गरिएको छ।

नेपाली अन्य देशको तुलनामा इमानदार र मिहेनती हुने भएकाले यसअघिको कोटामा १३.२ प्रतिशत थप गरिएको हो । दक्षिण कोरियाले यस वर्षका लागि निर्धारण गरेको १५ हजार ८४८ जना कोटामा १३.२ प्रतिशत थप गरेको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ ।

कोरियाले विदेशी श्रमिक माग गर्दै आएका १६ देशको तुलनामा नेपालले श्रमिक छनोटको प्रक्रिया छिटोछरितो गरेको भनेर यो वर्ष कोटा थप गरेको हाे । नेपालबाट इपिएसमार्फत कोरिया जाने प्रक्रियामा सुधार तथा परीक्षा प्रणालीको व्यवस्थापन गर्न अनुरोध गर्दै कोरियाले नेपाललाई दुई पटक पत्र पठाएको छ ।

पहिलो पत्रमा कोरियाले नेपाललाई यो वर्ष निर्धारण गरेको कोटा थप गरिएको जानकारी दिएको छ भने दोस्रो पत्रमा भाषा परीक्षामा सहभागीको सङ्ख्या बढ्दै गएर परीक्षा समयमा नसकिने अवस्थालाई सुधार गर्न वैकल्पिक व्यवस्थापन गर्न अनुरोध गरेको छ ।

यसबाहेक कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप बिल्डिङ क्षेत्रबाट मात्र श्रमिक लगिरहेकामा यो वर्षदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा समेत थप गरी यी क्षेत्रमा पनि नेपालबाट श्रमिक लैजाने भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू