काठमाडाैँ । माओवादी केन्द्रको विधान स्थायी समिति बैठकबाट पारित भएको छ ।
शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले पार्टीको विधानलाई परिमार्जनसहित पारित गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
माओवादी केन्द्रले पहिलोपटक विधान अधिवेशन गरेर विधानमाथि छलफल गरेको थियो । फागुन १ मा काठमाडौंमा विधान अधिवेशन गरेकाे माओवादी केन्द्रले सुझाव संकल गरेको थियो ।
सुझावसहित परिमार्जन गरेको विधानलाई शुक्रबार बसेको स्थायी समिति बैठकले पारित गरेको स्थायी समिति सदस्य खगराज भट्टले बताए । उनले भने, ‘आजको बैठकको एजेण्डा विधान मात्र थियो । विधानमाथि छलफलपछि परिमार्जनसहित पारित भएको छ ।’
माओवादीको स्थायी समिति बैठकबाट पारित भएको विधान अब फेरि केन्द्रीय समितिले पास गर्नेछ । र आउँदो महाधिवेशनबाट कार्यान्वयनमा जानेछ ।
प्रतिक्रिया दिनुहोस्