Ads

कृष्ण महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं । उपप्रधान तथा गहमन्त्री रवि लामिछानेले सुन प्रकरणमा माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्ण महरालाई कारबाही गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री लामिछानेले आइतबार गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीसहितसँग छलफल गर्दै सुन प्रकरणमा जाेडिएका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका हुन् ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरासहित ७ जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न निर्देशन दिइएको गृह स्रोतले जनाएको छ ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

Ads

सम्बन्धित पोष्टहरू