Ads

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता द्वन्द्वकालीन योद्धाका विषयमा छलफल


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटवर्तामा प्रचण्डले माओवादी जनयुद्धलगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई मासिक जीवन निर्बाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई यथाशीघ्र कार्यन्वयन गर्न छलफल भएको छ ।

आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा माओवादी युद्धका घाइते तथा अपांग योद्धाहरुको सन्दर्भमा बुँदागत रुपमा ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव समेत रहेका माओवादी नेता रमेश मल्लले जानकारी दिएका छन् ।

उनका अनुसार प्रचण्डले देउवासमक्ष विभिन्न पाँच बुँदामा ध्यानाकर्षण गराएका छन् । जसमा सशस्त्र द्वन्द्वमा घाइते भइ अपांगता भएका व्यक्तिको अपांगता प्रतिशत निर्धारण कार्यविधि संशोधन हुनुपर्ने, छुटेका घाइते तथा अपांगता भएका व्यक्तिहरुलाई सूचीकृत गर्ने, उनीरुलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण गर्ने लगायतका विषय छन् ।

प्रचण्डले आज बिहान माओवादी जनयुद्धका घाइते भक्त रानालाई वीर अस्पतालमा पुगि स्वास्थ्य अवस्था बारे जानकारी लिएका थिए । राना
मकवानपुरको झुरझुरेमा घाइते भएका थिए । टाउकोमा लागेको चोट बल्झिएपछी उनको खुट्टामा इन्फेक्सन देखिएको र त्यसको कारण दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ।

रानाको घर काभ्रेको महाभारत गाउँपालिकामा हो ।

Ads

सम्बन्धित पोष्टहरू