Ads

माओवादी प्रवक्ता महराका स्वकीय सचिवले छोडे माओवादी


काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिवले माओवादी पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका महराका स्वकीय सविच प्रमोद शर्माले पार्टी परित्याग गरेका छन् । पार्टीप्रति असन्तुष्टि जनाउँदै माओवादी परित्याग गरेको घोषणा गरेका हुन् ।

दाङ जिल्लाको जिम्मेवारी बाँडफाँड प्रति असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको समाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । सोमबार माओवादी केन्द्रले दाङ जिल्लामा जिम्मेवारी तोकेको प्रति असन्तुष्टि जनाउदै पार्टी परित्याग गरीएको बुझिएको छ ।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र) को साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अगाडि बढ्नेछु । जनताको निरन्तर सेवामा निस्वार्थ र सकेजति भुमिकामा आफूलाई उभ्याउने छु ।’

उनले माओवादी परित्यागको घोषणा गरेपछि माओवादीको दाङ जिल्लामा बहस सुरु भएको छ । शर्मा महरा पछिल्लोपटक सांसद भएसँगै उनको स्वकीय सचिव रहँदै आएका थिए ।

उनका जेठा दाइले माओवादी युद्धमा ज्यान गुमाएका थिए । उनका सबै परिवार पूर्णकालीन माओवादी हुन् ।

डेरी व्यवसाय गरेर बसेकी उनकी श्रीमती सीता चौधरीलाई माओवादीले यसअघि घोराही उपमहानगरमा उपमेयरमा चुनाव लडाएका थियो । तर, उनी पराजित गरेकी थिइन् ।

माओवादी स्रोतका अनुसार शर्मा दाङ जिल्ला कमिटीको सचिवका आकांक्षी थिए । तर, माओवादीले विश्वराज आचार्यलाई सचिव बनाएपछि उनी असन्तुष्ट थिए ।

Ads

सम्बन्धित पोष्टहरू