काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैतको मूल छत्र-गजुर जीर्णोद्दार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधि अनुसार शुभसाईत गरिने पूर्णाहुती पूजामा सहभागी भएका छन्।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आयोजनामा गरेको सो पूजामा पछि मूल छत्र जीर्णोद्दारमा सहयोग गर्ने १० जनलाई प्रशंसापत्र स्रोत राष्ट्रपति पौडेलले वितरण गरेका थिए।
महाचैतको मूल छत्र २०७९को हावाहुरीका कारण क्षति पुगेको थियो। यसैबीच राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलका साथमा स्वयम्भू क्षेत्रमा रहेको हारती माताकोसमेत पूजा गरेका थिए।
प्रतिक्रिया दिनुहोस्