काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेन्टर अर्थात टेस्टट्यूब बेबी सेन्टरहरुको अनुगमन गर्ने भएको छ ।
देशभर सञ्चालन भईरहेको र सञ्चालनमा आउन लागेका सबै टेस्टट्यूब बेबी सेन्टरहरुको अनुगमन गर्ने भएको हो । मन्त्रालयले स्वीकृति नलिइ सञ्चालनमा रहेका सेन्टरहरुलाई १५ दिनको समय दिँदै गत फागुन १८ गते एक सुचना जारी गरी सबै सेन्टरलाई दर्ताका लागि आवेदन दिन निर्देशन दिएको थियो । १५ दिनको अवधिमा २३ वटा संस्थाले दर्ताका लागि निवेदन दिएका छन् ।
मन्त्रालयले आवेदन दिएका संस्थासहित आवेदन नदिएका संस्था भेटिए कारबाकी प्रक्रिया अगाडि बढाउनका लागि मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्यायको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समिति गठन भएको छ ।
समितिले स्थलगत अध्ययन गरी मापदण्ड पुरा भएका सेन्टरलाई सञ्चालन स्वीकृत दिने छ ।
मन्त्रालयले १५ दिनभित्र निवेदन दिनुपर्ने सुचना जारी गरेपछि स्वीकृतिका लागि निवेदन दिएका २३ संस्थाहरु
१– होप फर्टिलिटी एन्ड डायगनोस्टिक प्राली, बबरमहल, काठमाडौं
२– नेपाल इन्टरनेशनल फर्टिलिटी एन्ड लाप्रोस्कोपिक सेन्टर, पुल्चोक, ललितपुर
३– क्रियटर्स आईभीएफ नेपाल प्राली,सातदोबाटो, ललितपुर
४– मनमोहन आईभीएफ सेन्टर प्राली,स्वयम्भु, काठमाडौं
५– वात्सल्य नेचुरल आईभीएफ प्राली,काठमाडौं
६– स्नेह फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
७– नोबेल मेडिकल कलेज,बिराटनगर
८– भेनस हस्पिटल प्राली, मध्यबानेश्वर काठमाडौं
९– बरदान फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
१०– अल्का अस्पताल प्राली,जावलाखेल
११– एन्जल फर्टिलिटी क्लिनिक प्राली,काठमाडौं
१२– ओम हस्पिटल एन्ड रीसर्च सेन्टर,चाबाहिल
१३– डेनिस हेल्थ क्लिनिक प्राली, बुटवल
१४– साहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा
१५– नेपाल परिवार नियोजन संघ,ललितपुर
१६– काठमाडौं मोडेल अस्पताल,प्रदर्शनिमार्ग
१७– पोखरा फर्टिलिटी क्लिनिक प्राली, पोखरा
१८– चितवन मेडिकल कलेज,चितवन
१९– होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर, पोखरा
२०– ग्रान्डी सिटी हस्पिटल प्राली,काठमाडौं
२१– इन्फर्टिलिटी सेन्टर प्राली, काठमाडौं
२२– माया आईभीएफ क्लिनिक प्राली,रुपन्देही
२३– बिराट नर्सिंग होम प्राली,बिराटनगर
प्रतिक्रिया दिनुहोस्