काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री नियुक्त गरेका हुन् । प्रदेशमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा छन् ।
मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । नवनियुक्त मन्त्री मनाङेले आजै दिउँसो शपथ लिने कार्यक्रम छ ।
आइतबार मात्र मनाङेले आफूलाई स्वतन्त्र सांसद कायम राखिदिन प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए । यसअघि उनी नेकपा एकीकृत समाजवादीमा थिए ।
यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी थपिएको छ ।
माओवादी केन्द्रबाट दुई मन्त्री बर्खास्त गरेपछि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र भौतिक विकास तथा पूर्वाधार मन्त्रालय मुख्यमन्त्रीले आफूसँग राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्