Ads

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते


बागलुङ । बागलुङको निसीखोलामा आज साँझ बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पश्चिम रुकुमबाट काठमाडौँका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस बागलुङको निसीखोला गाउँपालिका–६ सिपमा दुर्घटना भएको हो ।

बस मध्यपहाडी लोकमार्गबाट एक सय ५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक मदन केसीले बताउनुभयो । घटनामा घाइतेको उद्धारको काम चलिरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक भोजबहादुर गुरुङले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।

Ads

सम्बन्धित पोष्टहरू