Ads

अभिनेता शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा मुद्धा दर्ता


काठमाडौँ । नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहविरुद्ध आज(मंगलबार) तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको छ ।

तनहुँ जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले अदालतमा अभियोग पत्र दर्ता गरिएको बताएका छन् । अभियोग पत्रमा बलात्कारको घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले कानूनअनुसार शाहलाई १२ देखि १४ वर्षको जेल सजाय माग गरिएको छ भने शाहका सहयोगी कृष्ण जोशीलाई शाहको भन्दा आधा समयको जेल सजायको माग गरिएको छ ।

यसअघि शाहविरुद्ध पूर्वी नवलपरासी जिल्ला अदालतमा बलात्कारको अभियोग पत्र दर्ता भइसकेको छ ।

Ads

सम्बन्धित पोष्टहरू