काठमाडौँ । सबै उमेर समूहको नेतृत्व हुने गरी नेविसंघ तदर्थ समिति गठनको माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) को एक समूहले कांग्रेस पार्टी कार्यालय सानेपामा रिले अनसन सुरु गरेको छ ।
पाँच बुँदे माग राख्दै पार्टी कार्यालयमा नेविसंघ संघर्ष समितिले आज(मंगलबार) देखि रिले अनसन सुरु गरेको हो । नेविसंघ अध्यक्ष राजीव ढुंगाना कांग्रेस केन्द्रीय सदस्य भएपछि अहिले नेविसंघ नेतृत्वविहीन रहेको छ । गत फागुनमा बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित अन्य भ्रातृ संगठनको केन्द्रीय समिति विघटन गरेर तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । तर अध्यक्षका लागि आकांक्षी धेरै भएपछि तदर्थ समिति गठन हुन सकिरहेको छैन ।
आफूहरुलाई उमेर हदवन्दी स्विकार्य नभएको बताउँदै तदर्थ समिति गठन गर्दा ३२ वर्षे उमेर हद लागु गर्न नहुने माग गरेका छन् । १२ औं महाधिवेशनदेखि नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्ने विधान बनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्