काठमाडौँ । सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि बनाएको न्यूनतम साझा संकल्प सार्वजनिक गरेको छ।
नेकपा एमाले नेतृत्वको ५ दलीय गठबन्धनले संयुक्त सरकार सञ्चालनका लागि न्यूनतम साझा संकल्प तय गरी सार्वजनिक गरेका हुन्। नयाँ गठबन्धनमा नेकपा एमाले,माओवादी केन्द्र ,राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी रहेका छन्।
कार्यदलले शनिबार प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरूलाई साझा संकल्पको मस्यौदा हस्तान्तरण गरेको थियो । कार्यदलले बुझाएको मस्यौदालाई अन्तिम रूप दिएर मंगलबार सार्वजनिक गरिएको छ।
राजनीतिक स्थायित्व, विकास र सामाजिक न्याससहित आर्थिक समृद्धिमा सङ्कल्प प्रस्तावमा जोड दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्