Ads

मोरङमा श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्महत्या


मोरङ । मोरङको बेलबारीमा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् ।

बेलबारी–१ का ५० वर्षीय बमबहादुर लिम्बुले ४५ बर्षीया श्रीमती गीता लिम्बुको मंगलबार राति हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार घरायसी विवादका कारण बमबहादुरले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

श्रीमतीको हत्या गरेपछि श्रीमाले बमबहादुरले धारिलो हतियारले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको देखिएको छ ।

उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू