काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।
बुधबार राजधानीस्थित नेपाल ल क्याम्पसबाट जुलुस निकाल्दै नेविसंघका कार्यकर्ताहरूले मन्त्रीद्वयको राजीनामा मागेका हुन् ।
उनीहरूले गृहमन्त्री लामिछाने सहकारी ठगी र अर्थमन्त्री पुन सुन तस्करीमा संलग्न रहेको भन्दै तत्काल राजीनामा दिनुपर्ने र छानबिनको माग गरे। नेविसंघका कार्यकर्ताहरू सुनको प्रतिमा र नक्कली सुनको गहना लगाएर सडकमा उत्रिएका थिए ।
बुधबार राजधानीस्थित नेपाल ल क्याम्पसबाट जुलुस निकाल्दै नेविसंघका कार्यकर्ताहरूले मन्त्रीद्वयको राजीनामा मागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्